२ जेष्ठ २०८३, शनिबार 1778918106
समाचार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौँ : काठमाडौँमा सवारी दुर्घटना हुँदा धादिङका १८ वर्षीय युवक सजन रेग्मीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२-०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।