काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सुरक्षा परिषदको बैठकमा राष्ट्रिय सुरूमा आउन सक्ने विविध चुनौतीहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको छ। त्यस्ता घटनाक्रमले नेपालमा पार्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने रणनीतिहरूबारे पनि छलफल भएको छ।


