काठमाडौं, ५ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार र बिहीबार नबसी आज बस्न लागेको हो । हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो ।
आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ । यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो ।
बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो ।


