रौतहट, ६ मंसिर । बारामा भएको मतदाता नामावली संकलनमा २४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । सरकारले आउँदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता संकलनको कार्य गरेको थियो ।
असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य मंसिर ५ गते अर्थात शुक्रबारबाट सकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार २४ हजार ६ सय ६४ जना नयाँ मतदातामा थपिएका छन् ।
जसमध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९ सय ६२ जना नागरिकताबाट नयाँ मतदाता थपिएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र मार्फत १३ हजार ७ सय २ जना थपिएको उनले जानकारी दिए ।
अब बारामा कुल मतदाताको संख्या ४ लाख ५२ हजार २ सय ४१ जना रहेको उनले उल्लेख गरेका छन् । सरकारले आउँदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको कार्य सकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।


