१६ असार २०८३, मंगलबार 1782863175
Banner

एनपीएलः विराटनगरको लगातार दोस्रो जित, काठमाडौँ पराजित

काठमाडौं। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगर ५ विकेटले विजयी हुँदै जारी एनपीएलमा लगातार दोस्रो जित हासिल गरेको हो।

काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। विराटनगरका जर्ज मुन्सेले ३६ रन बनाए। यस्तै मार्टिन गुप्टिलले २५ तथा नरेन भट्टले २४ रन बनाए। काठमाडौँका शाहब आलमले दुई विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो। काठमाडौँका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए। त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले। त्यस्तै सन्तोष यादवले २६ रनको योगदान दिए। अन्यको प्रदर्शन सम्झन लायक रहेन्। विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए। शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो।