१ जेष्ठ २०८३, शुक्रबार 1778902176
Banner

दुर्गा प्रसाई समुहले आज गर्ने भनिएको आम हड्तालका कार्यक्रम फिर्ता

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आजदेखि हुने घोषणा गरिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति जनाएको छ ।

शनिबार बालुवाटारमा सरकारसँग भएको वार्तामा महाभियानले आजदेखिको विरोधका कार्यक्रम फिर्ता लिन सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । विभिन्न २७ बुँदे माग राख्दै महाभियानले आन्दोलनको घोषणा गरेको थियो ।