काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय निर्वाचनका लागि भोलि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने समयसीमा रहेकामा एमालेले आज दर्ता गर्न लागेको हो ।
यसअघि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै निर्वाचनमा नजाने संकेत गर्दैै आएको थियो ।


