२ जेष्ठ २०८३, शनिबार 1778915079
Banner

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो ।