१ जेष्ठ २०८३, शुक्रबार 1778909429
समाचार

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

बैतडी । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ नयाँ दुई हजार ६५२ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए ।