काठमाडौँ । कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ ।

बुधबार एमाले नेता महेश बस्नेत धनगढी गएको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो ।


