२ जेष्ठ २०८३, शनिबार 1778915002
समाचार

कुलमानको उज्यालो नेपाल र खगेन्द्रको हाम्रो नेपाल पार्टीले एउटै चिह्नबाट निर्वाचन लड्ने

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।

दुई दलबीच आगामी फागुन २१ गतेका लागि तय निर्वाचनमा एकै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको हो । सहमति बमोजिम बिजुलीको चिम चुनाव चिह्नबाट निर्वाचनमा जान निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।