२२ बैशाख २०८३, मंगलबार 1778005236
समाचार

बाघको आक्रमणबाट महिलाको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेकी छन् । उनकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए ।

उनले महिलाको शव क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेपछि आफूहरुलाई खबर गरेको बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।