१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:51 am
Banner

बुद्ध एयरको जहाज चरासँग ठोक्कियाे

सूचना प्रेस २०८२ मंसिर १३ शनिबार ००:००, १७:०१ बजे १ मिनेट पढाइ

काठमाडौँ । बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे ।

फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।