२१ बैशाख २०८३, सोमबार 1777928140
समाचार

गोरखामा रोकिराखेको बस पल्टियो, १८ जना घाइते

काठमाडौँ । गोरखामा रोकिराखेको बस पल्टिएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको गोरखाका एसपी भरत विकले बताए । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको एसपी विकले जानकारी दिए ।

अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार हुँदैछ । घाइतेहरूको अवस्था मध्यम र सामान्य छ । आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको हो ।