काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका डीएसपीलाई कारबाही सिफारिस गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो । उनले आफू मातहतको हातहतियार र कार्यालयको सुरक्षा गर्न नसकेको देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो ।
जेनजी आन्दोलनका बेला उनी बानेश्वरको सुरक्षा बेस इन्चार्ज थिए । उनको कार्यालयमा रहेका १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ । कारबाहीका लागि सिफारिस भएका कुँवरलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही हुने छ ।


