८ भदौ २०८३, सोमबार 1787585009
Banner

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले साँझ साढे ५ बजे मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार दिउँसो ३ बजे अदालतले भने अनुसारको २४ घण्टाभित्र विश्वासको मत लिने भएको हो।