२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:12 am
Banner

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिर्दै

सूचना प्रेस २०८२ मंसिर १७ बुधबार ००:००, ०६:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वास लिँदै छन्। उनले आज बिहान ८ :३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। 

सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख कार्यालयलाई मंगलबार बिहान सवा ११ बजे नै सर्वोच्चले परमादेशसहितको पत्र पठाएको थियो। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रतिपक्षी दलले शीघ्र प्रदेश सभाको बैठक बोलाउन माग गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेशमा उल्लेख छ। विश्वासको मत प्राप्त गर्न नसके उपधारा २ बमोजिम सरकार गठनको बाटो परमादेशले खुला गरिदिएको छ।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसलगायत सात दलका ७४ जना प्रदेश सभा सदस्यले रिट निवेदन दर्ता गराएको २० दिनपछि सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। 

सर्वोच्चको परमादेश र प्रतिपक्षीको माग अनुसार प्रदेश सभाको बैठक बोलाउन मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको थियो।