३ आश्विन २०८१, बिहिबार 1726766798
पालिका

वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने भएको छ ।

मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने भएको हो । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका हुन् ।विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताएका छन् । यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्रे सडकलाई विभागको सहमतिमा मर्मत सम्भारको काम अघि बढाउनेसमेत निर्णय गरेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडक खण्डको कालोपत्रे बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मत सम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।