२७ भदौ २०८३, शनिबार 1789204440
समाचार

नदीमा डुबेर मलामी गएका व्यक्तिको मृत्यु 

सल्यान — सल्यानमा छिमेकीको मलामी गएका ३७ वर्षीय पुरुषको शारदा नदीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा नदीमा डुबेर मृत्यु भएको हो ।शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार लास जलाइरहेका बेला नुहाउन गएका शाही डुबेका थिए ।नदीमा डुबेर बेहोस भएका शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी गराए । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ ।