काठमाडौँ : भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेता नभएको बताएका छन्।
उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि अघि बढ्ने नेता नभएको बताएका हुन्।
‘नेपालमा पोलिटिसियन धेरै भए, लिडर्स भएनन्,’ उनले भने, ‘पोलिटिसियन र लिडर्समा फरक छ। लिडर्सले देशको परिवर्तनको लागि अघि बढ्छ।’ देशको परिवर्तनका लागि भएका आन्दोलनहरुमा नेताको खोजी भए पनि कहिल्यै नपाएको उनले बताए। देशमा रोजगारी सिर्जना, आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्याय हुन नसकेकाले राजनीतिक अस्थिरता भएको उनले बताए।
अब देशलाई कस्तो दिशामा अघि बढाउने भनेर सबै गम्भीर हुनुपर्ने भन्दै उनले भ्रष्टाचारका कारण देशमा आर्थिक क्रान्ति हुन नसकेको उनले बताए। भदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनले २ दिनमै सरकार परिवर्तन गरेको भए पनि लामो समयदेखि आम नागरिकमा छाएको निराशा र आक्रोश एकैपटक विष्फोट भएको उनले बताए।


