१ जेष्ठ २०८३, शुक्रबार 1778898222
राजनीति

युवराज ज्ञवालीले गरे पदाधिकारीमा चुनाव नलड्ने घोषणा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरे ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।