७ जेष्ठ २०८३, बिहिबार 1779360427
राजनीति

एमालेले छुट्यायो युवालाई पाँच प्रतिशत क्लस्टर

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनमा युवालाई पाँच प्रतिशत अर्थात् १५ जनाको कोटा छुट्याएको छ । एमालेले आइतबार सार्वजनिक गरेको समावेशी क्लस्टरमा युवालाई जम्मा पाँच प्रतिशत कोटा छुट्याएको हो ।

बिहान बसेको केन्द्रीय समिति बैठकमा ईश्वर पोखरेल पक्षका नेताहरूले कम्तीमा १५ प्रतिशत युवा प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए । युवालाई छुट्याएको क्लस्टर अनुसार भूगोल र गैर भूगोल गरी हरेक प्रदेशबाट एक/एक जना रहेका छन् ।  यसैगरी खुलातर्फ २ जना, जनजाति/आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ ।