८ जेष्ठ २०८३, शुक्रबार 1779445356
Banner

एमाले महाधिवेशनस्थलमा पुगेर मत माग्दै ज्योति मगर

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन चलिरहँदा गायिका ज्योति मगर भृकुटीमण्डप पुगेर चुनावी माहोलमा सक्रिय देखिएकी छन्। उनले महाधिवेशनस्थलमै उपस्थित भएर केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको पक्षमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै समर्थन मागेकी हुन्।

महाधिवेशन प्रतिनिधिहरूसँग संवाद गर्दै मगरले पूर्णबहादुर गुरूङ र किरण गुरूङसहितका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरिन्। उम्मेदवारहरूको तस्बिर हातमा बोकेर उनी प्रचारमा संलग्न भएकी थिइन्। सांगीतिक क्षेत्रबाट परिचित ज्योति मगरको उपस्थितिले महाधिवेशनस्थलमा थप चहलपहल देखिएको थियो।