काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय भएको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उक्त प्रस्ताव पारित भएको केन्द्रीय कमिटी सदस्य नीरज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।
केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।


