बुटवल । जिल्ला अदालत रुपन्देही भैरहवा आएर रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।

रवि आज बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही आएका थिए । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइएको हो ।
रवि लामिछानेले अदालतमा कानुनी प्रकृया गर्दैगर्दा समर्थकहरुले रविको पक्षमा प्रदर्शन गरेका छन् ।


