काठमाडौं । जिल्ला अदालत रुपन्देहीबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले आफूले न्याय पाइनसकेको बताएका छन् । रिहाइ लगत्तै समर्थकहरूलाई संक्षिप्त सम्बोधन गर्दै उनले आफूलाई अनवरत साथ र समर्थन दिएकोमा आभार प्रकट गरे ।

अहिलेका नेताहरूले देशलाई गरिरहेको अन्यायको तुलनामा आफूलाई गरेको अन्याय ठूलो नभएको टिप्पणी उनको छ ।लामिछानेले भने, ‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नु छ । हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ । सबैलाई यो माया, साथ विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद छ । मैले धेरै बोल्ने दिन आउँदै छ ।’


