विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।
भवनको पाँचौ तलाबाट खसेका डाक्टर अमित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौ तलाबाट खसेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको हो ।

उनी इन्टर्नका रुपमा अस्पतालमा कार्यरत थिए । सप्तरीको, राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापकले जानकारी दिए ।


