१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:14 am
राजनीति

भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता थिएन : कोइराला

सूचना प्रेस २०८२ पुस ६ आइतबार ००:००, १८:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता नरहेको जिकिर गरेका छन् । आइतबार विराटनगरमा आयोजना गरिएको ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोलि- चुनौती, अवसर र सम्भावना’ बारे युवासँग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए ।

भदौ २४ गते गरिएको विरोध, विद्रोहभन्दा पनि विध्वंस भएको बताउँदै उनले त्यसमा जेनजी युवाहरूको हात नरहेको बताए । उनले भदौ २३ गतेको घटनाका दोषीलाई मात्र नभई भदौ २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेनजीहरुको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे । उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अङ्ग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।