२६ जेष्ठ २०८३, मंगलबार 1781065894
Banner

सरकारसँग रुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौं । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ ।

आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना भन्छन्, “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । सुरुआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”

आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको कामले नै असफल भएको निष्कर्ष आन्दोलनको तयारी गरेका जेनजी समूहको छ ।

१०० दिनमै कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी, प्रशासनको अनुमतिबिनै उत्रिँदै छन् सडकमा गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजी समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।