काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेटवार्ता सकिएको छ ।
उनीहरूबीच कुपण्डोलस्थित कुमार बेनको घरमा भेटवार्ता भएको हो । भेटवार्ता सकेर रवि निस्किएका छन् ।
निस्कने क्रममा लामिछानेलाई पत्रकारले के कुराकानी भयो भनेर सोधेकामा उनले ‘मेरो अनुहारले के भन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए।


