२ जेष्ठ २०८३, शनिबार 1778919741
समाचार

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । यससम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुट पाउेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको नागरिक लगानी कोषले जनाएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button