२५ कार्तिक २०८३, बुधबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 2:08 am
राजनीति

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

सूचना प्रेस २०८२ पुस १६ बुधबार ००:००, ०९:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ, १६ पुसः परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याउनुभएको योगदान स्मरणीय छ ।