१४ श्रावण २०८३, बिहिबार 1785474419
Banner

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् ।

महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले मंसिर १५ गते तय गरेको नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन नहुनु र अन्य कार्यहरूमा ढिलाइ भएपछि स्थगन भएको उल्लेख छ । अहिलेसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण पूरा भइसकेको छ भने बाँकी जिल्लामा प्रक्रिया पूरा भएपछि कुल सङ्ख्या ६ लाखभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ सदस्यता इन्ट्री पनि भएको छ।

‘५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी माग गरेका विशेष महाधिवेशनको विकल्पका रूपमा नियमित महाधिवेशन नै प्राथमिकता थियो। तर नियमित महाधिवेशन समयमै सम्पन्न नहुने भएपछि विशेष महाधिवेशन अघि बढाउने सम्भावना पनि खुला रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।