१ जेष्ठ २०८३, शुक्रबार 1778899740
राजनीति

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेका हुन् । अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी बारेमा जिज्ञासा राखेका थिए । यसैअघि, जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेका थिए ।