२५ भदौ २०८३, बिहिबार 1789050654
Banner

पुसभित्र कांग्रेसको विशेष महाधिवेशन हुन्छः महामन्त्री थापा

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानअनुसार माग भएको विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधानको उल्लङ्घन गर्न छुट कसैलाई नरहेको बताएका हुन् ।

‘हामीले आज फरक मत राखेका छौँ। पार्टीका कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ। विधानको उल्लङ्घन गर्न छुट कसैलाई छैन। हामी फरक मत राख्यौँ भनेर घरमा गएर सुत्दैनौं,’– उनले भने ।’

महामन्त्री थापाले एक दुई दिनभित्र बैठक बोलाएर विधानअनुसार माग भएको विशेष महाधिवेशन नबोलाइएमा आफूहरु टुलुटुलु हेरेर नबस्ने उनले बताए । महामन्त्री थापाले पुसभित्र कांग्रेसको विशेष महाधिवेशन हुने दाबी गरे । यद्यपि कांग्रेस कार्यसम्पादन समितिले आगामी २०८३ को वैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको १५औं महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।