१६ आश्विन २०८३, शुक्रबार 12:33 am
Banner

त्रिशूली नदीमा डुबेर सुपर त्रिशूली हाइड्रोपावरका दुई कामदार बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा डुबेर सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत दुई जना कामदार बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२, बनसरा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु रहेका छन्। उनीहरू शनिबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिक त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

घटनापछि गोताखोरसहितको सुरक्षाकर्मी टोलीले उनीहरूको खोजी कार्य जारी राखेको छ।