१७ असार २०८३, बुधबार 1782945067
Banner

देउवाले बोलाए आफू निकटका शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बैठकका लागि बोलाएका छन्।

सभापति देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान र पूर्व पदाधिकारीहरूलाई छलफलका लागि आमन्त्रित गरेका हुन्। देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार, दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र त्यसको सम्भावना नभएको संस्थापनबीच विवाद देखिएको छ। कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार विशेष महाधिवेशनको माग गरिएको बताउँदै त्यसको तयारी गरिरहेका छन्।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर, विशेष महाधिवेशनको पक्षधरहरूले यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका छन्।