काठमाडौंं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।

माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।


