काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ ।
नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल गर्ने प्रयास भए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।
लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको छ । जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने बताइएको छ ।


