१ जेष्ठ २०८३, शुक्रबार 1778899695
राजनीति

प्रचण्डलाई पत्र लेख्दै सांसदले छोडे पार्टी

काठमाडौं । माओवादीबाट मधेश प्रदेश सांसद रहेका रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।

उनले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गर्दै पत्र लेखेर पार्टी परित्याग गरेको बताएका हुन् ।

अन्सारीले हुलाकमार्फत पठाएको पत्रमा प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको ‘सागर के तुफान को भी हमने बस में किया है…’ पंत्ति समेत उदृत गर्दै पार्टी परित्याग गरेको बताएका हुन् ।

उनले आफू विरोधाभासको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन् ।