४ आश्विन २०८१, शुक्रबार 1726888588
समाचार

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।

बस्नेतको पित्तथैलीमा पत्थर देखा परेका कारण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अप्रेसनका लागि भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । बस्नेतको पित्तथैलीको अप्रेसन सफल भएको पनि सचिवालयले जनाएको छ ।