काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औं पटक उपाधि जितेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै, रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एकएक गोल गरेका थिए ।


