१ जेष्ठ २०८३, शुक्रबार 1778893041
राजनीति

काँग्रेस विशेष महाधिवेशन : सभापतिका लागि चारजनाले लगे फारम

काठमाडौं । नेपाली काँग्रेसको जारी विशेष महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ताका लागि चारजनाले फारम लिएका छन् ।

साँझ ५ बजेसम्म चार जनाले फारम लगेका हुन्। निर्वाचन समितिले आजै साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेकोमा मतदान भने सर्न सक्ने सम्भावना देखिएको हो ।