काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार पुस २८ राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन पारित भएसँगै मंगलबारका लागि विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।


