काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ः३० बजे बस्नेगरी विधायन व्यवस्थापन समिति बैठक तय भएको छ । बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ । समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७ औं बैठक दिउँसो १ बजे बस्दैछ । बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ ।
बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन (२०८१/०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।


