३२ असार २०८३, बिहिबार 1784221576
Banner

भीम आचार्यले गरे उम्मेदवार नबन्ने घोषणा

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू कुनै पनि क्षेत्रबाट उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बोलाएको सचिवालय बैठकअघि कुरा गर्दै आचार्यले यसपटक चुनावमा उठ्ने इच्छा नभएको बताएका हुन्। उनले २०७९ को निर्वाचनमा सुनसरी–२ बाट निर्वाचित भए पनि यसपटक उम्मेदवारी नदिने निर्णय पार्टी नेतृत्वलाई जानकारी गराइसकेको बताए।

अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी नेतृत्वले पुनः उम्मेदवार बन्न प्रस्ताव गरे पनि आर्थिक कारण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफ्नो नाम प्रस्ताव नगर्न आग्रह गरेको उनले बताए।

आचार्य २०७० मा सुनसरी–६ बाट निर्वाचित भएका थिए र त्यस कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए।