काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज उम्मेदवारी दिएका हुन् । उनी सोमबार नै रुकुम पूर्व पुगेका थिए ।


