२८ जेष्ठ २०८३, बिहिबार 1781213900
समाचार

सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

सिरहा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराएकका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार, निर्वाचन क्षेत्र नं १ मा १८ स्वतन्त्रसहित ३२, क्षेत्र नं २ मा १५ स्वतन्त्रसहित २९, क्षेत्र नं ३ मा १८ स्वतन्त्रसहित ४१ तथा क्षेत्र नं ४ मा २३ स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नं १ मा बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादवलगायतले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं ३ मा नेकपा (एमाले) बाट लिलानाथ श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट विश्वनाथ साहलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेपाली कम्युनिष्ट पार्टीबाट अजयशङ्कर नायक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट धर्मनाथ साह, बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानलगायतले उम्मेदवारी गर्दा गराएका छन् जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।