काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु मैदानमा जारी खेलमा नेपाल आज नेदरल्यान्डससँग २ रनले पराजित भएको हो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।


