रूस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा त्रिपक्षीय वार्ता शुरु भएको छ। युएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता शुक्रबार अबुधाबीमा वार्ता शुरु भएको र दुई दिनसम्म जारी रहने जनाइएको छ।

करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनामा मस्को र किएभबीच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो ।
डाभोसमा अमेरिकी राजदूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राति अबेरसम्म वार्ता गरेको र अमेरिकी राजदूत स्टिभ विटकोफबीच डाभोसमा भेटवार्ता भएको भोलिपल्ट तीन देशका उच्च टोली वार्ताका लागि भेला भएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र नै मुख्य मुद्दा रहेको र वार्ताको एजेन्डामा रहने बताएका छन्। मस्कोले भने किएभलाई आफ्नो पूर्वी डोनबास क्षेत्रबाट फिर्ता गर्ने आफ्नो माग फिर्ता नलिने बताएको छ। एजेन्सी


